गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड प्रतियोगिता हुँदै
पाेखरा | भदौ ४, २०८०
पोखरा: गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो ।
विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए ।
प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ ।
दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए ।
२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

